आजको मौसम : पोस्ट मनसुनका गतिविधि देखिँदा आज मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

Mausam news

काठमाडौं । मनसुन बाहिरिने क्रममा रहेकाले पोस्ट मनसुनमा देखिने खालका गतिविधि देखिन थालेको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ ।

विशेषगरी अक्टोबर र नोभेम्बर महिनालाई पोस्ट मनसुन मानिन्छ । तर, अहिले मनसुनको अवधिको समय परिमार्जन गर्दै जुन १३ तारिखदेखि अक्टोबर २ तारिखसम्म तोकिएकाले मौसमविद्ले पोस्ट मनसुनका गतिविधि सुरु भएको औपचारिक घोषणा भने गरेका छैनन् ।

मनसुन नेपालबाट पूर्ण रुपमा बाहिरिए पछि पोस्ट मनसुन घोषणा गरिने छ । अहिले मनसुन निष्क्रिय भए पनि बाहिरिसकेको छैन । मनसुन सुरु हुनु अघिको प्रि(मनसुन र मनसुन सकिए पछिको पोस्ट मनसुनमा उस्तै खालका मौसमी गतिविधि देखिन्छ ।

एकैछिनमा पानी पार्ने प्रणाली बन्ने र मेघगर्जन र चट्याङ्गसहित छोटो समयका लागि पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पोस्ट मनसुनमा मनसुनको जस्तो लगातार झरी पर्दैन । मनसुनमा मसिनो पानी लगातारजसो पर्छ भने पोस्ट र प्रि-मनसुनमा ठूला-ठूला थोपासहित पानी पर्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...