सवारी साधनहरूको ‘रुट इजाजत’ खुला गरिने

Bus

काठमाडौं । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।

चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको बैठकमा महानिर्देशक घिमिरेले सो जानकारी गराएका हुन् । यस अवधिमा मुलुकको जुनसुकै ‘रुट’ मा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने उनले स्पष्ट पारे ।

बैठकमा महानिर्देशक घिमिरेले यस अवधिमा मुलुकको जुनसुकै स्थानसम्म बिनारुट परमिट बस सञ्चालन गर्न पाइने बताए । त्यसैगरी, उनले बसको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने, सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको गरिएको जानकारी गराए । चाडपर्वको अवधिमा भाडादर अनुगमनका लागि सादा पोसाकका प्रहरी यात्रुका रूपमा परिचालन गरिने जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...