११ देशका राजदूत पोखरामा, पोखराका मुख्य पर्यटकीय गन्तव्यको भ्रमण गर्ने

11 rajdur pokharama

पोखरा । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न ११ देशका राजदूत आइतबार पोखरा आएका छन् । कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिसहित २५ जनाको टोली विश्व पर्यटन दिवसका अवसरमा तीन दिने पोखरा भ्रमणमा आएको हो ।

अब पर्यटन क्षेत्र खुला रहेको र पर्यटकीय वातावरण बनेको सन्देश दिन गण्डकी प्रदेश सरकारले विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाको समन्वयनमा उनीहरुलाई पोखरा डोकेको हो । टोली २ दिनसम्म पोखरा बसेर मंगलबार काठमाडौं फर्किने छ ।

सरकारले पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रमलाई विशेष महत्वका साथ हेरको छ भने पर्यटन व्यवसायी पनि निकै उत्साही छन् । ‘कोरोना माहामारी सबै क्षेत्र थलियो । पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । अब भने नेपाल खुल्यो, घुम्ने वातावरण बन्यो भन्ने सन्देश दिन पनि राजदूतसहित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले विशेष महत्व राख्ने छ,’ गण्डकी प्रदेश पर्यटन मन्त्रालयका पौडेलले भने, ‘विदेशी पर्यटकलाई स्वागत गर्न अब नेपाल तयार छ भन्ने सन्देश दिन चाहन्छौं ।’

सोमबार नै टोलीले पोखराका मुख्य पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछ । अपराह्न ५ बजेबाट रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा लेकसाइडमा हुने मिनी सडक महोत्सवमा टोली सहभागी हुनेछ ।

प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन नै भ्रमणको मुख्य उद्देश्य रहेको बताए । ‘गण्डकी प्रदेशमा पर्यटनका गतिविधि खुला छन् भन्ने सन्देश दिन कुटनीतिक व्यक्तित्वलाई ल्याएका हौँ,’ उनले भने, ‘यसले पर्यटन व्यवसायीलाई निरन्तर व्यवसाय सञ्चालन गर्न प्रोत्साहन मिल्छ ।’

टोलीमा चीन, भारत र अमेरिकाका राजदूत भने सहभागी छैनन् । उनीहरूलाई समेत निमन्त्रणा गरिएको भए पनि समय अभावका कारण समावेश नभएको सचिव पौडेलले बताए । भ्रमणका क्रममा पर्यटन प्रवर्द्धन बाहेक अन्य विषयमा छलफल नहुने उनले जनाए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...