माओवादीले असोज २० गते एकै दिन वडा र पालिका सम्मेलन गर्ने

Maobadi kendra

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले असोज २० गते वडादेखि पालिका सम्मेलन गर्ने तय गरेको छ । माओवादीको कार्ययोजना अनुसार कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्नेछ ।

गत साउन ३० र ३१ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको मिति तय गर्दै चार महिने संगठन निर्माण अभियान घोषणा गरेको थियो । लामो समय लथालिंग सांगठानिक अवस्थामा चलेको माओवादी केन्द्रले असोज १० गते देशैभर एकैदिन सबै सेल समिति र टोल भेला गर्ने निर्णय गरिसकेको छ ।

सोही अनुसार नै एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य हुनुपर्ने नीति पनि बनाएको छ । शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले यस्तो नीति बनाएको छ ।

चार महिने संगठन निर्माण तथा विस्तारको अभियान चलाइरहेको माओवादी केन्द्रले ‘टोलबाट देश निर्माण गरौं, सेलबाट पार्टी निर्माण गरौं’ भन्ने नयाँ नारा पनि तय गरेको छ ।

शर्माका अनुसार एक सेल वरिपरि महिला र युवाको १५–१५ जना रहेको समिति बनाउनुपर्ने नीति पनि तय गरिएको छ । शर्माका अनुसार तीस साख संगठित सदस्य बनाउने लक्ष्यसमेत राखेको माओवादी केन्द्रले ‘एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य’को नीतिअनुसार गए सजिलै तीस लाख संगठित सदस्य बनाउन सकिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...