अनेमसंघ हिलेको अध्यक्षमा फुलमाया थापा चयन

Anemasang hile

धनकुटा । अखिल नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं १ को वडा भेला १ सय ७ सदस्य वडा कमिटी गठन गर्दै सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा धनकुटा नगरपालिकाको उपमेयर सकुन्तला बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले फुलमाया थापा राधिकाको अध्यक्षतामा १ सय ७ सदस्य वडा कमिटी गठन गरिएको छ । नवगठित संघको वडा कमिटि उपाध्यक्षमा हर्कमाया सिजाली, सचिव रेनुका तामाङ,सह सचिव जुना घिमिरे र कोषाध्यक्षमा जमुना योञ्जन रहेका छन् ।

अखिल नेपाल महिला संघ नगर इन्चार्ज मालाश्री शाहीको अध्यक्षता भएको सो कार्यक्रममा नवगठित संघको वडा कमिटिका पदाधिकारीहरुलाई नेकपा एमाले वडा नं १ पार्टी अध्यक्ष कमल थिङ, संघका जिल्ला सदस्य दालामु शेर्पा, नगर कार्यपालिका सदस्य तथा संघका जिल्ला सदस्य कल्पना थापा, पार्टीका नगर सचिव चन्द्र कृष्णा ठकुरी, जिल्ला कमिटी सदस्य सिंह तितुङ, अनेमसंघकी पूर्व नगर अध्यक्ष सुनिता लावती, पार्टी जिल्ला सचिवालय सदस्य तथा वडा सदस्य लालचन्द्र गोङवा, नगर सह ईन्चार्ज नकुल राई, वडा अध्यक्ष निरन तामाङ, अनेमसंघका जिल्ला अध्यक्ष सिमा राई लगायतले बधाई दिएका थिए ।

सो कार्यक्रममा उनीहरुले पार्टीलाई शसक्त ढंगले अगाडि बढाउन आग्रह गरे । उनीहरुले आगामी निर्वाचनमा एमाले पार्टीलाई देशकै सक्तिसालि तथा पहिलो पार्टी बनाउन महिलाहरुको महत्वपूर्ण भुमिका रहने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...