फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन

Pj club

काठमाडौं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छन् ।

निर्वाचन अधिवेशनका रुपमा समेत सम्पन्न ११ औं साधारणसभाले आगामी दुई वर्षका लागि श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र तिमिल्सेना, सचिवमा अमूल थापा र कोषाध्यक्षमा द्वारिकाप्रसाद काफ्ले निर्विरोध भएका छन् । विकास द्धारेले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

यस्तै सदस्यहरुमा अंगद ढकाल, निशा भण्डारी, बर्षा शाह, स्कन्द गौतम, दिपेन श्रेष्ठ र लक्ष्मीप्रसाद ङाखुशी चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई शनिबार नै एक समारोहका बीच निर्वाचन समिति संयोजक एवं अधिवक्ता निरन्जन राजवंशी, फोटो पत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, पूर्वकार्यवहाक अध्यक्ष केशवराज थोकरले प्रमाणपत्र प्रदान गरे ।

सो सभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, एशोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लबका पूर्वअध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्की र पूर्वअध्यक्ष प्रकाश माथेमाको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...