गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सरकारले रोकेको विष्णु पौडेलको आरोप

Bishnu paudel

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम अघि बढाउन आग्रह गरेका छन्। अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण अहिलेको सरकारले ‘होल्ड’ गरेको आरोप लगाए। 

भैरहवामा शनिवार भएको उद्योग व्यापार संगठन रूपन्देहीको साधारणसभामा बोल्दै पौडेलले एडीबी ऋण सम्झौता गर्न ‘रेडी’ अवस्थामा रहेको तर  तर सरकारले काम अगाडि नबढाएको बताए। 

‘गत असारमा मैले ‘सेकेन्ड फेज’को पूर्वाधार बनाउन ‘काउन्टर पार्टस् फन्ड’ सरकारले व्यहोर्ने जानकारीका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थिएँ,’ उनले भने  ‘त्यसको आधारमा एडीबीसँग सम्झौता भएर अहिलेसम्म अन्तर्राष्ट्रिय बहुवर्षीय ठेक्का आह्वान भइसक्नुपर्ने थियो। तर सरकार परिवर्तन भएपछि एडीबीसँग सम्झौता पनि गरिएको छैन। काउन्टर पार्टस् फन्डको निर्णय पनि गरेको छैन। योजनाको काम सरकारले होल्ड गरेर बस्यो।’

५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ (टिटु) बनाउने, टयाक्सी वे र फराकिलो पार्किङ लगायतका आधुनिक पूर्वाधार तयारी गर्ने अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने उनले बताए। नेपाल सरकारले ७ अर्ब थपेर १४ अर्ब लगानीमा सेकेन्ड फेजको काम अगाडि बढाउने मोडालिटी तयार भएको उनले बताए ।

काउन्टर पार्टस् फन्ड नेपाल सरकारले व्यहोर्ने आफूले गरेको निर्णय अगाडि बढाउन, एडीबीसँग सम्झौता, अन्तर्राष्ट्रिय बहुवर्षीय ठेक्का आह्वान र सक्षम कम्पनीसँग ठेक्का सम्झौता गर्दै विमानस्थलको ‘सेकेन्ड फेज’को निर्माण काम अगाडि बढाउन पौडेलले सरकारलाई आग्रह गरे । 

सरकारले विमानस्थलको काम रोक्यो भने लुम्बिनी प्रदेश र रूपन्देहीका जनताको विरोधको सामना गर्न तयार रहन पनि चेतावनी उनले दिएका छन्। 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...