काठमाडौँ उपत्यकामा थपिए ३११ जना कोरोना संक्रमित

Kathmandu

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३११ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९८, भक्तपुरमा ४० र ललितपुरमा ७३ जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जना संक्रमितको मृत्यु भएको छ।

शनिबार १ हजार ३७१ कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार ५० पीसीआर तथा ३ हजार ५२९ एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...