केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागे : माधव नेपाल

Madhab kumar nepal

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एमाले कमजोर हुने दाबी गरेका छन् । आज (शनिबार) हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली गालीगलौजमा उत्रिएको भएपनि आफूहरु त्यस्तो नगर्ने पनि स्पष्ट पारे ।

अध्यक्ष नेपालले ओलीले आफ्नो प्रधानमन्त्री पद नै गुम्न लागेको भन्ने डरले प्रतिनिधिसभा विघटन गरेको पनि स्मरण गराए । उनले ओलीले १५ वर्षसम्म प्रधानमन्त्री बन्ने सपना देखेर संसद् विघटन गरेको पनि दाबी गरे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...