स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुन प्रधानमन्त्री देउवाको अनुरोध

Sherbahadur deuba

काठमाडौं । नेपाली काग्रेंसका सभापति शेरबहादुर देउवाले जनताको मन जित्ने आफ्नो भूमिकालाई प्रभावकारी बनाउन अनुरोध गरेका छन्।

शनिबारदेखि सुरु भएको पालिका अधिवेशनको शुभकामना दिँदै प्रधानमन्त्रीसमेत रहेका देउवाले नगर र गाउँपालिकामा कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउन आग्रह गरेका हुन्।

उनले पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने स्पष्ट पारे। देउवाले भने ‘आजदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी नेपाली कांग्रेसका नगर र गाउँ प्रतिनिधि साथीहरुलाई हार्दिक स्वागत तथा शुभकामना। कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनुहुन अनुरोध गर्दछु। ’

कांग्रेस पदाधिकारी बैठकले शनिबारदेखि ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार बिहानदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले २१ वटा हिमाली जिल्लामा दशैं अघिनै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको  जानकारी दिए। पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा मात्र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ। 

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ। प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ।

यसैबीच कांग्रेसले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार उक्त तहहरुमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...