प्रधानमन्त्री देउवाले फेरि दोहोर्याए कोरोना खोप सरकारको पहिलो प्राथमिकतामा

Sher bahadur deuba

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नागरिकका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागिरहेको बताएका छन्। सरकारको पहिलो प्राथमिकता नै कोरोना भाइरसविरुद्धको खोप रहेको पुनः दोहोर्याउँदै प्रधानमन्त्री देउवाले करोडौं नागरिक खोपबाट लाभान्वित भइसकेको प्रस्ट्याए।

नेपाल चिकित्सक संघद्वारा आयोजित स्वास्थ्य शिखर सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै उनले भने, ‘खोप कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखी सम्पूर्ण नेपाली नागरिकहरुलाई खोप उपलब्ध गराउने प्रतिबद्धतासमेत यहाँहरुलाई दिलाउन चाहन्छु।’

कोरोना जस्ता महामारी र विभिन्न विपद्को सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानुनी प्रबन्ध हुनुपर्ने प्रम देउवाले बताए। प्रधानमन्त्री देउवाले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहने भन्दै कुनै पनि महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिए।

‘विपत्तिको सामना गर्नका निम्ति अवलम्बन गर्नुपर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सकेको स्वास्थ्य सेवालाई परिकल्पना गरेबमोजिमको सर्वसुलभ, सहज पार्दै जनताको जीवनरक्षा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ’, उनले भने।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारीमा होस् वा महाभूकम्पको समयमा नेपालको एकताबद्ध प्रयासबाट प्राकृतिक विपत्ति र माहामारीको सामनालाई सदैब परास्त गर्दै आइरहेका स्मरण गरे।

‘नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणालीभित्र रही नेपाली जनतालाई यो विद्यमान महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकार निरन्तर लागिपरिरहेको छ’, उनले भने।

संघका अध्यक्ष डा.लोचन कार्कीले कोभिड–१९ बारे विश्वमै विभिन्न खोज तथा अनुसन्धानमूलक गतिविधिहरु निरन्तर भइरहेको अवस्थामा नेपालले यस महामारीको सामना गरिरहँदाको अनुभव एकै ठाउँमा राख्ने वातावरण बनाउन सम्मेलन गरिएको स्पष्ट पारे।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको बाजी लगाउँदै नेपाली नागरिकहरुको जीवनरक्षाका निम्ति उपलब्ध सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै स्वास्थ्य सेवा प्रवाहमा निर्वाह गरेको भूमिकाको प्रशंसा व्यक्त गरे।

डा.कार्कीले आगामी दिनमा आइलाग्न सक्ने प्राकृतिक विपत्ति तथा महामारीका सम्बन्धमा राष्ट्रले अवलम्बन गर्न सक्ने रणनीतिक योजनालाई प्राथमिकतामा राख्दै सम्मेलनका विषयवस्तु छनोट गरिएको जानकारी दिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...