स्रोत नखुलेको ९५ लाख रुपैयाँ नगदसहित दुई भारतीय नागरिक प्रक्राउ

Bbuyunkdek8fjuf56zjnwdbbtqa0179myvrbnuxn

काठमाडौँ । प्रहरीले दुईजना भारतीय नागरिकको साथबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको छ।

शुक्रबार दिउँसो महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले बाहिरबाट आउने सवारीसाधन थानकोटमा चेकजाँचका क्रममा उक्त परिमाणको नेपाली नगद बरामद गरेको हो।

प्रहरीका अनुसार चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक हायस गाडीमा सवार भारतको महाराष्ट्र निवासी २६ वर्षीय सागर मालीको साथबाट ४५ लाख र त्यही ठाउँका १९ वर्षीय कृष्ण अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको हो।

उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा श्रोत खुलाउन नसकेपछि प्रभागको टोलीले नगदसहित महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ।

परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको छ। उक्त अवैध नेपाली रुपैयाँ उनीहरुले कहाँबाट ल्याएको भन्ने खुलिनसकेको बस्नेतले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...