सरकारले स्यानिटरी प्याडमा लगाएको करप्रति अनेरास्ववियुको घोर आपत्ति, तत्काल हटाउन माग

21839ea9ac9d8055cfbd8bb2f0a35e951534503087

काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सेनेटरी प्याडमा लगाएको कर हटाउन माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै स्यानिटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न माग गरेकी छन् ।

‘वर्तमान परिस्थितिमा स्यानिटरी प्याड महिलाको विलासिता नभई आवश्यकता हो’, उनले भनेकी छन्, ‘प्रत्येक महिलाले मासिक रूपमा प्रयोग गर्ने स्यानिटरी प्याड सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउनु राज्यको दायित्व हुनुपर्नेमा सरकारले प्याडमा समेत विलासिताको सामग्रीमा झैँ उच्च कर लगाई महिलाहरूको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्छ ।’

उनले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि  निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरूका लागिसमेत निः शुल्क र अनिवार्य स्यानिटरी प्याड उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...