आज हेटौंडा पुग्दै माधव नेपाल  

Madhav nepal

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल आज (शनिबार) हेटौंडा पुग्ने भएका छन्।

एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको शपथ तथा नगर कमिटी घोषणा कार्यक्रमका लागि अध्यक्ष नेपाल हेटौंडा जाने भएका हुन्।

हेटौंडास्थित रोयल पार्टी प्यालेसमा अहिले बिहान साढे ११ बजेदेखि कार्यक्रम रहेको एकीकृत समाजवादी हेटौंडा जिल्ला समितिले जनाएको छ। 

भेलाअघि हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाईबाट युवाहरूले मोटर साइकल र्‍याली गर्ने आयोजकले जनाएको छ।

भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित बागमती प्रदेश इन्चार्ज केदार न्यौपाने, केन्द्रीय सदस्यहरू विरोध खतिवडा, ललित बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...