विद्युत प्राधिकरणले मर्मत सम्भारका लागि यी स्थानमा विद्युत कटौती गर्ने

Bidhut katauti

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारका लागि भन्दै आज देशका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्रदेश-१, प्रदेश-२, वाग्मती र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बिहान ७:३० देखि साँझ ५ सम्म विद्युत कटौती हुँदैछ ।

काठमाडौँको कीर्तिपुर वितरण केन्द्र अन्तर्गत फर्पिङ फिडर आसपासमा तार नजिकका रुखका हाँगा काट्ने तथा ढलेका पोल मिलाइने भएकाले दक्षिणकाली नगरपालिका (खहरे, चान्लखेल, बाँसबारी, पाखाचोक, राम्चे भन्ज्यांग, फर्पिङ बजार, टल्कु, छैमले) क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

यस्तै गुल्मी वितरण केन्द्र अन्तर्गत जैसीथोक, इस्मा र वास्तु फिडर अन्तर्गतका क्षेत्रमा बुस कटिङका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने भएको छ ।

यस्तै निजगढ वितरण केन्द्र, धादिङको आरूघाट वितरण केन्द्र अन्तर्गतको धादिङवेसीदेखि सल्यानटार फिडर तथा इटहरी वितरण केन्द्र अन्तर्गत पकली फिडर क्षेत्रमा पनि मर्मत सम्भार तथा रुखका हाँगा काट्न विद्युत अवरुद्ध हुने प्राधिरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...