आज ६४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन, १३ जिल्लामा वडा अधिवेसन हुन सकेन

Congress mahadhibesan

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले सबै पालिकाको अधिवेशन एकै दिन गर्न माग गरे पनि ६४ जिल्लाका पालिकास्तरीय अधिवेशन आज हुँदै छ ।

२१ वटा हिमाली जिल्लाको अधिवेशन पनि असोज १८ गते गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ । प्रदेश २ का ८ सहित १३ जिल्लाको वडा अधिवेशन अझै हुन सकेको छैन ।

क्रियासिल विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ । काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ गते हुनेछ । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।

केन्द्रीय निर्वाचन समितिले भदौ २५ मा निर्वाचन कार्यतालिका संशोधन गर्दै असोज ५ गतेभित्र सबै वडा अधिवेशन, असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा असोज १८ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...