सभामुखले प्रतिनिधि सभालाई बिरामी बनाएको कोमल वलीको आरोप
काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल वलीले सभामुख अग्नीप्रसाद सापकोटाले कुर्सीको महत्व राख्न नसकेको आरोप लगाएकी छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले यस्तो बताएकी हुन्।
उनले प्रतिनिधि सभालाई सभामुखले बिरामी बनाएको भन्दै त्यसको असर राष्ट्रियसभामा परेको बताइन् । रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्शन, एन्टिबायोटिकले पनि नभ्याउने भन्दै उनले अप्रेशन नै गर्नुपर्ने टिप्पणी गरिन्। सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको उनले बताइन्।
‘कुनै पनि व्यक्तिलाई चिनी रोग भयो भने, र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरु उत्पन्न हुन्छन्, धेरै रोगहरु जन्मन्छन्। जसरी एउटा छालाबाट ज्याकेट बन्छ, ब्याग, बेल्ट, जुत्ता बन्छ, त्यसरी नै प्रतिनिधिसभाको कमजोरीका कारणले अन्य धेरै रियाक्शनहरु उत्पन्न हुनसक्छन्, त्यो रियाक्शन रोक्न र त्योबाट उत्पन्न हुने खतरा रोक्नको लागि सभामुख इमान्दार हुनुपर्छ,सभामुख ज्यूले त्यो कुर्सीको महत्व राख्नसक्नुपर्छ। महत्व राख्न नसक्नुका कारण, नियम पालना नगर्नुका कारणले गर्दा राष्ट्रियसभामा त्यसको असर पर्यो र विभाजन हुनपुग्यो। अहिले प्रतिनिधिसभालाई सभामुख ज्यूले बिरामी बनाउनुभएको छ। सभामुख ज्यूकै कारणले यो रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्शन, एन्टीबायोटिकले पनि भ्याउँदैन र अप्रेशन नै गर्नुपर्छ,’सांसद वलीले भनिन्। ’
प्रतिकृया दिनुहोस