सम्झौता नविकरण नभएका तार तत्काल हटाउन विद्युत् प्राधिकरणको चेतावनी

Nepal electricity authority

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो पोलमा सेवा प्रदायकहरुले झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन पुनः चेतावनी दिएको छ । प्राधिकरणले आज तेस्रो पटक सूचना जारी गर्दै असोज १५ पछि सम्झौता नगरी पोलमा झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन ताकेता गरेको हो ।

साथै इन्टरनेट, केबल टिभी र टेलिफोन सेवा प्रदायकहरुलाई पोलभाडा सम्झौता गरी बक्यौता भुक्तानी गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । यसअघि २९ भदौमा पनि प्राधिकरणले सूचना जारी गर्दै यस्तै चेतावनी दिएको थियो । हालसम्म निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल, सिजी नेटलगायतले मात्र भाडा सम्झौता गरेको प्राधिकरणले जनाएको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमदेखि इन्टरनेट सेवा प्रदायकहरु वर्ल्डलिंक, सुबिसु, भायनेट, क्लासिक टेकलगायतले प्राधिकरणसँग पोलभाडा सम्झौता नवीकरण गरेका छैनन् ।

यही विषयमा नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायकलगायतका सरोकारवाला समूहहरुको भोलि छलफल हुँदैछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...