फोटो पत्रकार समुहमा प्रदीपराज वन्त अध्यक्ष निर्वाचित
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५ औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने केन्द्रीय कमिटीले २ जना केन्द्रीय सदस्य मनोनित गर्ने छ ।
वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिपोर्टस नेपालका मुकुन्द कालिकोटे रहेका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरूमा नयाँपेजका प्रबिण कुलुङ राई, अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल, थाहाखवरकी शिला तिमिल्सिना, नेवा टाइम्सका रमिता छुँजु र प्रभाव दैनिकका प्रदीप कुमार श्रेष्ठ चयन भएका छन् ।
प्रतिकृया दिनुहोस