सत्तारुढ गठबन्धनमा मन्त्री छान्न सकस, आज टुंगो लगाउने तयारी

Gathabandan miting

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । यसअघि बुधबार बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबारको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भए पनि कुनै निर्णय नभएको सहभागी एक नेताले बताए । आजको बैठकले मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लगाउने उनले बताए ।

सरकार गठनको ७० दिन नाघिसक्दासमेत शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । गठबन्धनमा आवद्ध नेताहरुका अनुसार कति मन्त्रालयले कसले पाउने भन्नेमा मोटामोटी सहमति भए पनि कुन मन्त्रालय कसले लिने भन्नेमा अझै सहमित जुटेको छैन ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको मतान्तरले पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको हो । यसअघि मंगलबार बेलुका बसेको गठबन्धनको बैठकले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्र भने कांग्रेस र माओवादीलाई समेटेर भए पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने पक्षमा पुगेको छ । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारको संसद् बैठकमा दल प्रतिस्थापन विधेयक आउने र लगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने ब्रिफिङ पार्टी बैठकमा गरेका थिए । तर त्यसबारे अन्य गठबन्धनमा रहेका दलहरुले जानकारी नभएको बताएका छन् ।

सरकार विस्तारलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला गठबन्धनमा रहेका दलहरु बैठकमा जुटेका छन् । तर सहमति भइनसकेको बताउँदै आएका छन् । यसअघि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेको थिएन । आज अपराह्न पनि बैठक बस्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...