बोलाएको समयमा वडाअध्यक्ष नआएपछि वडा कार्यालयमा आगजनी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट

Agjani surkhet

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ को वडा कार्यालयमा आगलागी भएको छ।

आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ ।

आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ।

कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गंगाराम सुनारले जानकारी दिए ।

वडाध्यक्ष सुनारले भने, ‘वीरेन्द्रनगर वडा नं. १ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई फोन गरेका थिए । १० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न धम्की दिएका थिए ।

सो समयमा आफु एउटा कार्यक्रममा भएकोले केही समय लाग्ने हतार भए कागज लिएर आउनु भनेर फोन राखे केही समयमा त कार्यलयमा आगलागी भयो भन्ने खबर आयो, उनले भने ।

प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...