कार्यभार सम्हाल्दै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर सन्तुलित हुनेछ’

Narayan khadka 2

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले सन्तुलित विदेश नीति अपनाउँदै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा राष्ट्रिय सहमति जुटाउने बताएका छन् ।

बुधबार परराष्ट्र मन्त्रालय सिंहदरबारमा मन्त्री पदको कार्यभार सम्हाल्दै खड्काले यस्तो बताएका हुन् ।  खड्काले सञ्चारकर्मीहरुसँग भने, ‘भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित हुनेछ । हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन कायम गर्दै राष्ट्रिय हितलाई अगाडि बढाउनका लागि राष्ट्रिय सहमतिलाई समेत ध्यानमा राखेर अहिलेको जल्दाबल्दा समस्याका साथै भावी दिनमा आउन सक्ने समस्याबारे पनि मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ ।’

उनले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सर्वसाधारण र उच्चपदस्थ कर्मचारी सबैको सहमतिमा मुलुकको परराष्ट्र नीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका मन्त्री खड्का बुधबार राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने तयारीमा छन् ।

राष्ट्रसंघीय महासभामा भाग लिन मन्त्री खड्कासहितको नेपाली डेलिगेसन टोली राति ८ः३० मा न्यूयोर्कतर्फ प्रस्थान गर्ने उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...