पहिरोमा परी गुल्मीमा जुम्ल्याहा दिदीबहिनीसहित ३ जनाको मृत्यु

Gulmi pahiro

गुल्मी । गुल्मीमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको ज्यान गएको छ ।

मंगलबार राति १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका -८ खानिगाउँ थुम्का लाइनका तिलक परियारका तीन छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २१ वर्षीया भावना, १४ वर्षीया गंगा र १४ वर्षीया जमुना छन् । उनीहरु तीनै जना दिदीबहिनी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । गंगा-जमुना जुम्ल्याहा हुन् ।

घरमाथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीनै जना दिदीबहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताए ।

स्थानीय तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव आज बिहान साढे ४ बजे निकालेर पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

गएराति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईको नेतृत्वमा २५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...