अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाइयो, यी हुन् फिर्ता हुने राजदुतहरु

Deuab cabinet

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सो बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को उक्त निर्णयसँगै नेपालका तर्फबाट अमेरिकाका लागि राजदूत नियुक्त युवराज खतिवडा, भारतका निलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, बेलायतका लोकदर्शन रेग्मीलगायत फिर्ता हुने छन् ।

यसैगरी बैठकले कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयश संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

औषधी ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले जनाए । यसैगरी बैठकले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको समेत टुंगो लगाएको उनले जानकारी दिए ।

त्यस्तै, सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि।मि। र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३।५ कि।मि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ ।

यसैगरी बैठकले कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयश संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

औषधी ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले जनाए । यसैगरी बैठकले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको समेत टुंगो लगाएको उनले जानकारी दिए ।

यी हुन् फिर्ता हुने राजदूतहरु
बंगलादेश- बंशिधर मिश्र
चीन- महेन्द्रबहादुर पाण्डे
भारत- निलाम्बर आचार्य
इजरायल- अञ्जान शाक्य
जापान- प्रतिभा राणा
मलेसिया- उदयराज पाण्डे
ओमान- शर्मिला पराजुली ढकाल
कतार- नारदनाथ भारद्वाज
दक्षिण अफ्रिका- निर्मलकुमार विश्वकर्मा
स्पेन- दाबा फुटी शेर्पा
बेलायत- लोकदर्शन रेग्मी
अमेरिका- युवराज खतिवडा

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...