समाजसेवी दिपक विश्वकर्माको पहलमा रामेछापको फर्पुमा निः शुल्क स्वास्थ्य परिक्षण
काठमाडौँ । ‘शान्ति सेवा गृह एण्ड क्लीनिक’ तिलगंगा काठमाडौँको संयोजकमा रामेछापको गोगुकगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा निः शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको छ ।
रामेछाप जिल्ला साविक मन्थली नगरपालिका वडा नं.११ गेलु घर भइ हाल काठमाडौँमा बसोबास गर्दै आएका समाजसेवी दिपक विश्वकर्माको विशेष पहलमा गोकुलगंगा गाउँपालिकाको फर्पुमा विपन्न तथा दलित परिवारलाई खाद्यन्न सामाग्री प्रदान गरिएको समाजसेवी विश्वकर्माले जानकारी दिए ।
डा. दिपेन्द्र गौतमको नेतृत्वमा खटिएको टोलीले दुई वडाका जेष्ठ नागरिक तथा महिलाहरुमा हने समस्या हाडजोर्नी, आँखाको समस्या, छाला सम्बन्धी समस्या, सुगर, प्रेसर, ग्याष्ट्रिक लगायतको परीक्षण गरी निःशुल्क औषधी प्रदान गरिएको हो ।
त्यस्तै ५ वर्षमुनिका बालबालिकालाई लिटोको पिठो, जुकाको औषधी हस्तान्तरण गरिएको छ । वडाका जनप्रतिनिधिको उपस्थितीमा वडाका ६० घर दलित र विपन्न घरपरिवारलाई दाल, चामल, नुन, तेल लगायत सिलिपिङ व्याग समेत प्रदान गरिएको विश्वकर्माले बताए ।
विगत ढेडवर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण अक्रान्त बनेको विषम् परिस्थितीलाई मध्यनजर गर्दै ‘शान्ति सेवा गृह एण्ड क्लीनिक’ तिलगंगा ले लामो समयदेखि देशैभरको ग्रामीण भु भागमा निः शुल्क स्वास्थ्य परिक्षण, औषधी वितरण लगायत खाद्यन्न सामाग्री सहयोग गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस