राष्ट्रिय सभामा एमालेद्धारा सभामुख सापकोटाको राजीनामा माग 

1610430831

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा गर्न माग गरेको छ । उनले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भने, ‘कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’ गैर सांसदलाई सदनमा बस्न अनुमति सभामुखले दिएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेको सांसद श्रेष्ठको भनाइ छ । ‘

सभामुखले जसपा सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गैरिशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारबाही पत्र पाएलगत्तै कारबाही गर्ने तर एमालेका सांसद कारबाही परेको सूचना नटाँसेको भन्दै विभेद गरिएको श्रेष्ठको भनाइ थियो ।

सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नदिने चेतावनी समेत दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...