काठमाडौँ उपत्यकामा थप ३९६ जनालाई कोरोना
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १०९५ जनामा संक्रमण पुष्टि भएको छ भने ८ जनाले ज्यान गुमाएका छन् । सोमबार २ हजार ९५७ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २२ हजार ३२३ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा १० हजार ७८६ पीसीआर तथा ३ हजार ३१ एन्टिजेन परीक्षण भएको छ ।
प्रतिकृया दिनुहोस