एमालेप्रति सभामुखको भेद नहटेसम्म अवरोध जारी रहन्छ : विशाल भट्टराई

Bishal bhattarai

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताएका छन्।

सभामुखले न्याय नगरेसम्म संसद्को अवरोध जारी रहने उनको भनाइ छ। संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उनको जोड छ। बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जबर्जस्ती रूपमा ल्याइएको उनले बताए।

‘संसदमा प्रस्तुत भएका बिजनेस वा एजेन्डाहरूप्रति भन्दा पनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा (एमाले) प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ,’ उनले भने, ‘उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म, त्यो घटनामा नेकपा (एमाले) लाई गरेको अन्यायमा उहाँले जबसम्म न्याय गर्नुहुन्न तबसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ।’

एमालेले सांकेतिक रूपमा आफूमाथि भएको विभेद र सभामुखजस्तो जिम्मेवार व्यक्तिले गरेको गैरजिम्मेवार व्यवहारका विरुद्ध सांकेतिक रूपमा विरोध गरेको उनले बताए।  त्यो जारी रहने उनको भनाइ छ ।

‘गरिमामय आशनमा बसेको व्यक्तिले लाक्षणिक विरोध र सांकेतिक विरोधको पनि अर्थ बुझ्नुपर्छ। यसको निकास सभामुखज्यूले नै दिनुपर्छ। सत्तापक्षले दिनुपर्छ,’ उनले भने, ‘कसरी निकास दिनुपर्छ भन्ने उहाँहरूले जान्ने कुरा हो। सभामुखले सूचना टाँस्नैपर्छ अन्यथा मार्गप्रशस्त गर्नैपर्छ। बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जबर्जस्ती ल्याइएको छ।’ 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...