संखुवासभा सामुहिक हत्या प्रकरण : यसरी बनेको थियो हत्याको योजना

Sankhuwasava hatya prakaran

काठमाडौं । संखुवासभाको ‘मादीमा भएको सामूहिक हत्याकाण्ड’ योजनाबद्ध रुपमा भएको रहस्य खुलेको छ । संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्ध रुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

पक्राउ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की छन् । अनुसन्धानबाट घटनाको मुख्य योजनाकार काका खड्गबहादुर भएको खुलेको छ ।

सो हत्या योजना सामूहिक रुपमा बसेर बनाएको खुलेको छ । अभियुक्तहरु ५ जनाको समूहले घटाएको घटनाएको प्रहरीको भनाइ छ । यो योजना अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्की सहित हस्त बहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत बसेर बनाएका थिए ।

योजना अनुसार, घटनाको दिन २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकवहादुरको घरमा आउने र सोही मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने योजना थियो । त्यस्तै अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने र अनुकूल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना बनाए ।

घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा अभियुक्तहरू खड्गवहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निस्चित थियो ।

योजना अनुसार मृतक तेजकुमार बिहान आउने निस्चित गर्न खड्गबहादुर विहान ५ बजे तेजकुमारको घरमा गई ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नु’ भनि तेजकुमारलाई लोकबहादुरको घरतर्फ जान अभिप्रेरित गर्छन् । खड्गबहादुर त्यसपछि घरतर्फ फर्केको र तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर तेजबहादुरको घर पछाडि चिर्पट बोकी तयारी हालतमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक तेजकुमार बिहान ५ बजे उठी लोकबहादुरको घरमा खेताला निस्चित गर्न गई सुतिरहेको लोकहादुर लाई ‘अल्छी अझैसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेको, लोकबहादुरको भाई नरेश कार्की र बावु रणबहादुर समेत घरमै थिए ।

घरबाट फर्कने क्रममा योजना अनुसार लोकबहादुरले भाई नरेशलाई ईसारा गरी आफुले दाउराको चिर्पट र अलैची काट्ने चक्कु बोकी पछि–पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट लिई आई तेज कुमारमाथि प्रहार गरेको र हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरेर घोप्टो पारेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

घटनाको बेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हार गुहार सुनेपछि “मेरो श्रीमानलाई नमार” भन्दै तेजकुमारको श्रीमति र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेका थिए ।

त्यसपछि बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खड्कबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गरेका थिए । मृतक रञ्जनाको लास रणबहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुर्याउन सहयोग गरेका थिए ।

उक्त घटनाको बेला मृतक नावालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखे । हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनेर लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि पाँचैजना अभियुक्तहरू मृतकको घरतर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याई रहेको अवस्थामा हस्तबहादुरले समाती घर पछाडिको गोठ नजिक लगेर लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको र सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकहादुरको घरमा गई लागेको रगत पखाली छुरी धोएर बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएका थिए ।

खड्गबहादुर र निजको छोरा हस्तबहादुर घरतर्फ गए । फर्कने क्रममा रंजनाको ओप्पो मोवाईल नरेशले लिएर आई स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको थियो ।

पुनः खड्गबहादुर र निजको छोरा हस्तबहादुर लोकबहादुरको घरमा गई सबे जना मिलेर कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने सल्लाह गरेका थिए । प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्केका थिए ।

घटनामा संलग्न थप चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत बरामद गरी थप अनुसन्धान भइरहेको छ ।

घटनाका मुख्य कारण
अभियुक्तहरूमध्ये खड्गबहादुर नियमित रूपमा रक्सी पिउँथे । घरमा श्रीमति र परिवारका सदस्यहरूलाई कुटपिट गर्ने, गाली गलौज गर्ने र तेज कुमारले सधै गाली गर्थे ।

तेजकुमारले ‘तँ जड्याहा किन यसो गर्छस ?’ भन्दै हप्काउँथे । खड्गबहादुरले पनि ‘तलाई के मतलव, तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेका थिए ।

त्यस्तै, तेजकुमारले लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस’ भन्ने नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भईस’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेव्रो केही गर्ने सक्दैनस’ भन्ने गरेका थिए ।

तेजकुमारले जहिले पनि हेप्ने र आफु सम्पन्न भएको फुर्ति दिने गरेको भन्दै अभियुक्तहरुले मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानुपर्ने कारण सोही मौका छोपी योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

र यो पनि...

संखुवासभा सामूहिक हत्या प्रकरणका मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर रहेको प्रहरीको खुलासा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...