प्रतिनिधिसभामा अवरोध जारी, नाराबाजीकै बीच चल्यो संसद बैठक
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राखेको छ ।
प्रतिनिधिसभाको बैठकको सुरुमा नै एमालेले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रदर्शन सुरु गरेका हुन् ।
उनीहरुले ‘सभामुख मुर्दावा’, ‘संसदीय व्यवस्था कायम गर’ जस्ता नाराहरु लगाइरहेका छन् । बैठकको काम कारवाही सुरु भएसँगै नेकपा एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहेका छन् ।
उनीहरुको अवरोध जारी रहँदा सभामुख अग्निप्रसाद सापकोटाले कामकारवाही अघि बढाएका छन् । सभामुख सापकोटाले बजेट प्रतिस्थापन विधेयक अघि बढाएका छन् ।
प्रतिस्थापन विधेयकमाथि छलफल अघि बढाएपछि सांसद प्रेम सुवालले राखेको खर्च कटौतीसम्बन्धी प्रस्तावमा आफ्नो मन्तव्य दिइरहेका छन् ।
प्रतिकृया दिनुहोस