एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दियो : महेश बस्नेत  

68808696 890095141340155 6207983366436814848 n

काठमाडौँ ।  नेकपा एमालेका युवा नेता महेश बस्नेतले सरकारले दिएको मानपदवी एमाले र अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध केन्द्रित रहेको बताएका छन् । एमाले र अध्यक्ष ओलीविरुद्ध लागेका, एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दिएको बस्नेतको भनाई छ ।

आइतबार एमाले निकट राष्ट्रिय युवा संघको जनकपुरधाममा कार्यालय उद्घाटन गर्दै बस्नेतले संसद पुर्नस्थापन गर्ने बेलामा संवैधानिक इजलासमा बसेका सबै न्यायाधीशलाई मानपदवी दिइनु नेपालको इतिहासको लाजमर्दो क्षण भएको बताए ।

उनले केपी ओलीबिरुद्ध मुद्दा हाल्ने, लड्ने सबैले मानपदवी पाएको भन्दै यो राज्यको श्रोतसाधनलाई दुरुपयोग गर्न खोजिएको बताए । झलनाथ खनाललाई, माधव नेपालको बुवालाई पनि एमाले फुटाएकै कारण मानपदवी दिइएको उनको भनाइ छ । कम्युनिष्ट आन्दोलन ध्वस्त पारेपछि प्रचण्डकी श्रीमति सीता दाहाललाई मानपदवी दिइएको उनले बताए ।

‘भ्रष्टाचार भनेको आर्थिक अनियमितता मात्रै होइन् मानपदवी र नीतिमा मनमानी गर्नु पनि अनियमितता हो’ नेता बस्नेतले भने, ‘इतिहासमै नभएको देउवा सरकारले गम्भीर भ्रष्टाचार गरेको छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...