पुष्पवृष्टिसहित सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्वीरसहित)

Capture

काठमाडौँ । आज सातौं संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । यसै अवसरमा सैनिक मञ्च टुँडिखेलमा पनि संविधान दिवस मनाइएको छ ।

आइतबार विशेष समारोहकाबिच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितिमा दिवस मनाइएको हो ।

समारोहमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

समारोहका अवसरमा नेपाली सेनाले पुष्पवृष्टि तथा मार्च पास गरेको थियो । यसपटक झाँकी भने देखाइएन । कोरोना महामारीका कारण झाँकी नदेखाइएको संविधान दिवस मूल समारोह समितिले जनाएको छ ।

विक्रम संवत् २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।

संविधान निर्माणको ६ वर्ष पूरा भएको उपलक्ष्यमा सरकारले असोज २/४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रमको आव्हान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...