पत्रकार हरिबहादुर थापाद्धारा सरकारले दिएको पदक अस्वीकार
काठमाडौं । पत्रकार हरिबहादुर थापाले सरकारले दिएको पदक अस्वीकार गरेका छन् । आज समाजिक सञ्जालमा लेख्दै थापाले सुप्रबल जनसेवाश्री पदक अस्वीकार गरेको जानकारी दिएका हुन् ।
यसअघिका सरकारले पटक पटक पदकका लागि आफूलाई सोधेको तर यो सरकारले सोध्दै नसोधी नाम राखेको बताउँदै उनले पदक नलिने घोषणा गरेका हुन् ।
उनले पदकका लागि सरकारलाई धन्यवाद दिएका छन् । थापा लामो समय कान्तिपुर दैनिकमा आबद्ध थिए । उनी अहिले इकागजको प्रधान सम्पादकका रुपमा कार्यरत छन् ।
प्रतिकृया दिनुहोस