एमालेले बोलायो स्थायी समिति बैठक, भीम रावल र अष्टलक्ष्मी शाक्यको गुनासो सुनुवाइ नहुने
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले स्थायी समिति बैठक बोलाएको छ । बैठक आजै १२ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुने बताइएको छ । पछिल्लो समय एमालेमा कार्यविभाजनमा समस्या देखिएको छ ।
बागमती प्रदेशमा पनि इन्चार्जको विषयमा समस्या भएको छ त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि भीम रावल या लेखराज भट्ट इन्चार्ज हुन् भन्ने विषयमा मतभेद उत्पन्न भएको छ ।
आज बस्ने स्थायी समिति बैठकमा कार्यविभाजनबारे कुनै छलफल हुने छैन ।
प्रतिकृया दिनुहोस