प्रतिनिधिसभा विघटनको मुद्दामा देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायी सबैलाई पदक
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने सबै कानून व्यवसायीहरुले पदक पाएका छन् ।
प्रधानमन्त्री देउवाको तर्फबाट बहस गर्ने बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्काले पनि प्रबल जनसेवाश्री पाएका हुन् ।
यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणी र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्वल कीर्तिमय राष्ट्रद्वीप पदकबाट विभूषित गरिने भएको छ ।
सर्वोच्चका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ । पहिलो पटक प्रतिनिधिसभा विघटनको मुद्धालाई बदर गर्ने सबै न्यायाधीशहरु विभूषित हुने भएका हुन् ।
प्रतिकृया दिनुहोस