कम्युनिस्टहरुले देशलाई स्थायित्व र समृद्धि दिँदैनन् : नेता सिंह

Prakash simgh

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कम्युनिस्ट पार्टीहरुले देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नसक्ने बताए । संविधान दिवसको अवसरमा शुभकामना दिदै नेता सिंहले संविधानको निर्माणकर्ता र कार्यन्वयनकर्ता नेपाली कांग्रेस पार्टी नै भएको बताए ।

तत्कालीन संविधान सभाबाट नेपाली जनतालाई संविधान दिन कम्युनिस्ट प्रधानमन्त्रीहरू असफल भएको भन्दै उनले संविधानको सफल कार्यान्वयनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेपालका कम्युनिस्टहरुले नसक्ने बताए ।

‘संविधानको निर्माण तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्वमा भएको हो, यसको कार्यान्वयन पनि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरु गर्नुभएको हो,’ सिंहले लेख्नुभएको छ ‘त्यसैले पनि संविधानको सबैभन्दा धेरै अपनत्व र सफल कार्यान्वयनका लागि नेपाली कांग्रेस गम्भीर छ ।’

संविधानले संघीयता, समावेशीता, धर्मनिरपेक्षता जस्ता परिवर्तनका मुद्दाहरू अगिंकार गरेको सिंहको तर्क छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन गर्नुको अर्को विकल्प नभएको उनले उल्लेख गरेका छन् । 

१४ औं महाधिवेशनबाट देशलाई समृद्ध बनाउन कांग्रेस अझ सक्षम र सुदृढ बन्नुपर्ने उनको जोड छ । दृढ इच्छा शक्ति र दृष्टिकोसहितको नेतृत्व अहिले कांग्रेसमा आवश्यक भएको उनको भनाइ छ । महाधिवेशनबाट सक्षम नेतृत्व छान्न उनले अपिल गरेका छन् ।

त्यस्तै उनले इन्द्र जात्राको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...