प्रगतिशील पत्रकार संघ, काठमाडौंको अध्यक्षमा रोशन दानी

Pragatishil ktm

काठमाडौँँ । प्रगतिशील पत्रकार सङ्घ, नेपाल काठमाडौँ जिल्ला समितिको अध्यक्षमा रोशन दानी चयन हुनुभएको छ । २०७८ असोज २ गते नयाँबजारको आधारशिला कलेजमा सम्पन्न भएको जिल्ला भेलाले दानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विपिन पोख्रेल, सचिवमा लक्ष्मण बेलबासे र कोषाध्यक्षमा किरण पाण्डे चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा सुमन चापागाईं, अस्मिता क्षेत्री, गणेश विक, नेसन महर्जन र लक्ष्मी चौधरी रहनुभएको छ ।

भेलाले प्रकाश थापामगर, लक्ष्मणदेव पाण्डे र गोपाल सुवेदीलाई सल्लाहकार चयन गरेको छ ।

भेलाको उद्घाटन प्रगतिशील पत्रकार सङ्घका बागमती प्रदेश अध्यक्ष रमेश पौडेलले दुईओटा पानसमा बत्ति बालेर गर्नुभएको थियो ।

भेलालाई नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यका समितिका सदस्य बैरागी जेठा, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी र प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहले शुभकामना दिनुभएको थियो ।

प्रदेश अध्यक्ष रमेश पौडेलद्वारा प्रस्तुत नयाँ कार्यकारिणीको प्यानल पारित भएपछि सो समितिको तर्फबाट अध्यक्ष रोशन दानीले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।

नवनिर्वाचित समितिलाई बधाइ दिँदै राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष ऋतु केसीले मन्तव्य राख्नुभएको थियो ।

भेला आयोजक समितिका संयोजक प्रकाश थापामगरको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन रोशन दानी र स्वागत मन्तव्य लक्ष्मण बेलबासेले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...