पाँचदलीय गठबन्धनलाई टुक्र्याउन एमालेले षड्यन्त्र गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको आरोप
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँचदलीय गठबन्धनलाई टुक्र्याउन एमालेले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ । त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यका कायमै रहेको छ । त्यसका लागि पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता छ ।’
पुनर्स्थापित संसदलाई फेरि भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि नेकपा एमालेले राज्यका निकायमाथि आक्रमण केन्द्रित गरेको आरोप लगाएका छन् । निर्वाचन आयोग, सरकार र सभामुखमाथि एमालेले आक्रमण गर्न थालेको जनमोर्चाको आरोप छ ।
यस्तै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुनेमा जनमोर्चा दृढ रहेको अध्यक्ष केसीले दोहो¥याएका छन् । एमसीसी पारित गराउन अमेरिकाले लगातार दिइरहेको र शेरबहादुर देउवा नेतृत्वको सरकारले यसलाई पारित गराउन विभिन्न षड्यन्त्र गरिरहेको पनि जनमोर्चाले दाबी गरेको छ ।
एमसीसीका विरुद्ध एकल वा संयुक्त संघर्ष गरिरहने जनमोर्चाले बताएको छ ।
प्रतिकृया दिनुहोस