अष्टलक्ष्मीलाई ओलीको प्रश्न : पार्टी फुटाउने माधव नेपाल किन ल्याउने एमालेमा ?
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको पार्टी फुटाउन आवश्यकता हो भन्दै प्रश्न गरेका छन् ।
उनले आज काठमाडौं जिल्ला कमिटीको भेलामा नेपाल अब पार्टीमा किन आवश्यक भन्ने कुरा आफूले नबुझेको समेत बताए । “केही साथीहरु अहिले पनि भन्नुहुन्छ । माधव कामरेड आउनुुस् । तपाईँको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ उहाँको यहाँ ? फेरि पार्टी फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको म बुझदिन्,” उनले भने ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित सोही कार्यक्रममा एमाले उपाध्यक्ष तथा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सृदृढ एमालेका लागि नेपालको आवश्यकता रहेको भन्दै एमालेमा फर्कन आग्रह गरेकी थिइन् । ओलीले शाक्यको जवाफ दिएका हुन् ।
कार्यक्रममा उनले नेपालले रोष्टममा उभिएर डुङ्गा डुब्न लाग्यो लौन कोही बचाउ भन्दै गीत गाउने गरेको भन्दै कटाक्ष पनि गरे । “सातमध्ये ६ प्रदेशमा सरकार हुँदा पनि प्रतिक्रियावादीहरुको डुङ्गा डुब्न लागेको चिन्ता लागेको भन्दै कटाक्ष पनि गरे,” उनले भने ।
ओलीले लामो समयसम्मसँगै काम गरेर लोभ लाग्ने भए पनि त्यसलाई बिर्सिदिनु पर्ने बताए ।
प्रतिकृया दिनुहोस