काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको जीप मन्थलीको कुनौरीमा भिरबाट खस्यो, चालक शेर्पासहित तीन जनाको मृत्यु

Accd  ramechhap

रामेछाप । काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पुष्पलाल मार्गमा पर्ने उक्त भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...