सभामुख सबैको नेता हुन नसकेको सुवास नेम्वाङको आरोप 

Subash nemwagn

काठमाडौँ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझने दाबी गरे ।

नेम्बाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाए । उनले संसद् अवरुद्ध राखिराख्नेसमेत बताए ।

‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्बाङले भने, ‘तर पनि सर्वोच्च अदालतको आदेशलाई हामी सम्मान गर्छौ ।’

नेता नेम्बाङ उदपयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका हुन् ।  
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...