माओवादीका नेताहरुमा स्वार्थ हाबी भएपछि पार्टीले बाटो बिराएको हो : प्रचण्ड 

236045227 577900206738592 4020971747837980753 n

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता प्रचण्डले नेकपा (माओवादी केन्द्र) का संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्नेपनि उल्लेख गरे ।

राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘तर जरुरी पर्‍यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’ त्यस्तै उनले माओवादीका नेताहरुमा स्वार्थ हाबी भएका कारण पार्टीले बाटो बिराएको स्वीकार गरेका छन् । ‘वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’

‘आउने निर्वाचनमा हेर्नुहोला, केन्द्रीय समितिबाट हामीले जुन संकल्प गरेका छौ, विचार, सिद्धान्त र संगठन बनाउने त्यो अनुसार हिँडियो भने फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन र हामीले देशको नेतृत्व गर्ने स्थिति बन्छ’ उनले भने ।’

त्यस्तै उनले माओवादी पार्टी मित्रहरूको खोजीमा रहेको भन्दै अहिलेको गठबन्धन अर्को निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे । ‘हामी मित्रहरुको खोजीमा छौं,’ उनले भने, ‘यही गठबन्धनलाई अगाडि दुई तिहाईको सरकार बनाउने अवसरबाट हामी टाढा भएका छैनौं ।’

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...