आजको मौसम कस्तो रहला ?

Weather news

काठमाडौं । हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको छ ।

आज मंगलबार बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखााका अनुसार भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र सुदूर पश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।

त्यसैगरी बुधबार देशभर सामान्य बदली रही प्रदेश नं १ , प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...