राष्ट्रिय सभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आउँदो भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।
आज बसेको पहिलो बैठकमा एमालेले अवरोध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएको थियो ।
त्यसपछि सुरु भएको बैठकमा पनि एमालेले अवरोध गरेपछि बैठक भदौ ३० गतेसम्म स्थगित गरिएको हो ।
प्रतिकृया दिनुहोस