सत्तापक्षलाई गोकुल बाँस्कोटाको प्रश्नः एमसीसीमा भाङ खाएर हस्ताक्षर गरेको हो ?
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा एमसीसीमा हस्ताक्षर भएको दाबी पनि गरे ।
उनले आफैले हस्ताक्षर गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा के–के छ भनेर सोध्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।
नेकपा एमाले काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै बास्कोटाले बुझ्दै नबुझी भाङ - धतुरो खाएर हस्ताक्षर गरेको हो ? भन्दै प्रश्न गरे । सरकारले केहिदिन अघि मात्रै विवादित विषयबारे स्पष्ट पार्न अमेरिकी सरकारलाई प्रश्न सोधेको थियो ।
यसैबीच सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद ओझेलमा पार्न चीनसँग टुंगिसकेको सीमा विवाद निकालेको बाँस्कोटाको आरोप छ । सभामुख अग्निप्रसाद सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेकाले उहाँलाई मान्न नसकिने समेत उनको भनाई छ ।
प्रतिकृया दिनुहोस