सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार  

Uml emale party

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । सोमबार दिउँसो साढे २ बजेका लागि संसदका प्रतिनिधित्व गर्ने दलहरूको बैठक एमालेले बहिष्कार गरेको हो ।

एकीकृत समाजवादीमा सांसदहरु उपस्थित रहने भएका कारण एमालेले बैठक बहिष्कार गरेको जनाएको छ । नेकपा एमालेले एकीकृत समाजवादी पार्टी र नेताहरुलाई वैधानिक मानेको छैन ।

एमालेले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि त्यसको समाधान निकाल्नका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।

सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले संवाद, छलफल र वार्ताको माध्यामबाट संसद्‍मा देखिएको समस्या समाधान गर्न बैठक बोलाइएको जानकारी दिए ।

संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिनेमा सभामुख विश्वस्त रहेको न्यौपानेको भनाइ छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण आजित बनेका सभामुखले चालु अधिवेशनमा बैठक चलाउनै सकेका छैनन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...