पर्सामा काठ तस्कर र प्रहरीबिच झडप 

Parsha

वीरगन्ज । पर्सामा काठ तस्कर र प्रहरीबिच झडप भएको छ । झडपका क्रममा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ ।

पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र काठ तस्करबिच सोमबार बिहान ४ बजे भिडन्त भएको हो ।

पटेर्वासुगौली गाँउपालिकाको फरहादवा नजिक पर्ने जङगलबाट सालको गोलिया काठ मोटरसाइकलमा राखेर ल्याउँदै गरेका चार वटा मोटरसाइकलमा सवार ८ जना तस्करलाई प्रहरीले रोक्ने क्रममा भिडन्त भएको हो ।

५ जनाको प्रहरी टोलीले रोक्न खोज्दा ८ जनाको संख्यामा रहेका काठ तस्करहरुले प्रहरीमाथि नै जाइलागेपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउन्ड हवाई फायर गर्नु परेको प्रहरी नायव उपरीक्षक खनालले बताए । प्रहरीले हवाई फायर गरेपछि तस्करहरु दुई वटा मोटरसाइकल र काठ छाडेर भागेको खनालले बताए। 

घटनास्थलबाट  काठ तस्करीमा प्रयोग भएका दुई वटा मोटरसाइकल र दुई वटा ठूला गोलिया काठ बरामद गरिएको खनालले जानकारी दिए। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...