काठमाडौंका विद्यालय असोज १ गतेदेखि खुल्दै
काठमाडौँ । काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन्। आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार , आजको बैठकले स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस