कक्षा १२ को परीक्षा स्थगित, १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने

Exam board 6ti8dxuqdy

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने बोर्डले जनाएको छ ।

कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै तहका परीक्षा स्थगित गर्न सिफरिस गरेको थियो। कक्षा १२ को परीक्षा साउन ३२ गतेदेखि सञ्चालन गर्ने मिति तय भएको छ।

बोर्डको बैठकले एसईईको परीक्षाको नतिजा पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै नेपाल टेलिकम र एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निःशुल्क हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...