कोरोना खोप लगाएका विदेशी पर्यटकलाई बिनाअवरोध नेपाल आउने दिने सरकारको तयारी
काठमाडौँ । कोरोना विरुद्धको खोप लगाएका पर्यटक नेपाल भित्र्याउने सरकारले तयारी गरेको छ ।
कोरोना भाइरस संक्रमणको कारण रोकिएको पर्यटन आवागमनलाई सञ्चालन गर्न सरकारले यस्तो तयारी गरेको हो । उक्त विषयलाई मन्त्रिपरिषद्मा लगिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताए।
कोरोनाको खोप लगाइसकेका पर्यटकलाई बिनाअवरोध नेपाल आउन र घुम्न दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको उनले बताए। साथै, अनअराइभल भिसा पनि खुला गर्ने विषय पनि मन्त्रिपरिषद्मा लगिएको मन्त्री ढकालले बताए।
प्रतिकृया दिनुहोस